जन सरोकार

काठमाडौँ-हेटौँडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन

काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएको छ ।

कान्तिराजपथ बन्द गरिने

पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओम पण्डितले महादेवटार क्षेत्रको सडकका तीन स्थानमा ठूलो पहिरो गएकाले हेबी सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताउनुभयो ।

उक्त सडकको दुवैतर्फको टेवा पर्खाल, ढल निर्माण र सडक फराकिलो गर्नुपर्ने बाध्यता भएकाले अझै एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएकाले हेबी सवारीसाधनलाई त्रिभुवन राजपथलगायत वैकल्पिक राजमार्ग प्रयोग गर्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथ, हेटौँडा भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा दैनिक यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.