एम्पिल आँधी १०८ किलोमिटर प्रति घण्टाको गतिमा टोकियो नजिक आउँदै
एम्पिल नामक आँधी बुधवार दिउँसोदेखि रातिसम्म टोकियोको ओगासावारा टापु श्रृंखलाको सबैभन्दा नजिक आउने अपेक्षा गरिएको छ ।
मौसम अधिकारीहरूले आँधी अझै तीव्र हुने र ग्रेटर टोकियो क्षेत्र र उत्तरी जापान लगायत पूर्वी जापानतर्फ सर्ने सम्भावना रहेको बताएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीले एम्पिल आँधी बिस्तारै जापानको दक्षिणी समुन्द्रमा उत्तरपूर्व सर्दै गरेको जनाएको छ ।
यसको केन्द्रीय वायुमण्डलीय चाप ९७५ हेक्टोपास्कल छ, र यसको केन्द्र नजिक अधिकतम निरन्तर हावा १०८ किलोमिटर प्रति घण्टा छ । आँधीको कारण हावाको गति तुरुन्तै १६२ किलोमिटर प्रति घण्टा पुग्न सक्छ।
आँधीको कारण ओगासावारा टापुहरूमा भारी चट्याङ सहित वर्षाको सम्भावना छ । गत २४ घण्टाको अधिकतम वर्षा बिहीबार बिहानसम्म १२० मिलिमिटर पुग्न सक्नेछ ।
मौसम अधिकारीहरूले समुन्द्रमा उच्च छालहरूको चेतावनी दिइरहेका छन् भने मानिसहरूलाई पहिरोबाट बच्न पूर्ण सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।
सो आँधी अहिले जापानको दक्षिणी समुन्द्रमा उत्तरतर्फ सर्दैछ र बुधबार ओगासावारा टापुहरूमा पुग्ने र अगस्ट १५ देखि इजु टापू देखि पूर्वी जापनमा पुग्नेछ ।
आउँदो शुक्रबारदेखि शनिबारसम्म आँधी पूर्वी र उत्तरी जापानमा अझ शक्तिशाली हुने अपेक्षा गरिएको छ । आँधीको कारण टोकियो सहित कान्टो कोशिन क्षेत्र प्रभावित हुनसक्छ ।
यस्तै इजु टापुहरूमा अधिकतम १४४ देखि २१६ किलोमिटर प्रतिघण्टा हावा चल्ने अनुमान गरिएको छ भने छालहरूको उचाइ ९ मिटरसम पुग्न सक्छ।
मौसम अधिकारीहरूले तेज हावाका कारण घरहरू भत्किन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । बिहीबार समुन्द्रमा मौसम निकै खराब रहनेछ । मौसम अधिकारीहरूले उच्च छालहरूको चेतावनी दिंदै धेरै सावधानी अपनाउन सल्लाह दिइरहेका छन् ।
अधिकारीहरुले आँधीको सम्भावित मार्गमा रहेका मानिसहरूलाई नवीनतम जानकारीमा अद्यावधिक रहन पनि आह्वान गरिरहेका छन् ।
यस आँधीले १६ अगस्टको मध्यान्हपछि कान्तो कोशिन टोकियो आसपासको क्षेत्रमा असर गर्नेछ भने शिजुओका, यामानासी, साइतामा, कनानागावा, चिबा, टोकियो, आइची लगायत क्षेत्रमा १६ अगस्ट मध्यान्हदेखि १८ अगस्ट मध्यान्हसम्म असर गर्नेछ ।
आँधीले गुन्मा तोजोकी, नागानो, इबारकी, निगाता, यामगाता, फुकुशिमा, मियाजाकी, इवाते लगायतका क्षेत्रमा पनि यस आँधीले असर गर्न सक्ने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्