जापान

गर्मीको छुट्टी मनाउने योजनामा रहेका जापानीहरुलाई एम्पिलको त्रास

जापानमा जारी रहेको एम्पिल आँधीका कारण गर्मी बिदा मनाउन यात्रामा निस्कने योजनामा रहेका जापानीहरुका लागि ठूलो त्रास बनेको छ ।

एम्पिलको त्रास

यसै साताको अन्त्यमा गर्मीको विदा रहेको र यसमा धेरै जापानीहरु घुम्न निस्कने तयारी गरिरहे पनि आँधीका कारण हवाई र रेल सेवा अबरुद्ध हुने भएकाले उनीहरुको योजनामा अबरोध पुगेको छ ।

आँधी राजधानी टोकियो लगायत देशको मुख्य टापुको पूर्वी भागमा प्रवेश गरिरहेको छ । आँधी इजु टापुमा पुगेपछि यो आँधी शुक्रबारदेखि शनिबारसम्म पूर्वी जापानको नजिक पुग्ने देखिन्छ ।

आँधी आउने भनेपछि सेन्ट्रल जापान रेलवे कम्पनी, जेआर सेन्ट्रलले टोकियो र नागोया बीचको टोकियो शिन्कानसेन बुलेट ट्रेन लाइनमा शुक्रबार दिनभरका लागि सबै सेवाहरू रद्द गर्ने बताएको छ ।

त्यस्तै ईस्ट जापान रेलवे कम्पनी, जेआर ईस्टले शुक्रबार दिउँसोदेखि करिब साँझसम्म तोहोकु, जो एत्सु, होकुरिकु, अकिता र यामागाता शिन्कान्सेन लाइनहरूमा सेवा बन्द र ढिलाइ हुनसक्ने बताएको छ ।

रेलसेवा मात्र होइन, हवाई सेवा पनि अबरुद्ध हुने प्रवल सम्भावनाकाबीच अल निप्पोन एयरवेज र जापान एयरलाइन्सले हानेडा र नारिता एयरपोर्टमा शुक्रबार एक हजार भन्दा बढी उडान रद्द गर्ने जनाएका छन्।

आउँदो शुक्रबारदेखि शनिबारसम्म आँधी पूर्वी र उत्तरी जापानमा अझ शक्तिशाली हुने भएका कारण टोकियो सहित कान्टो कोशिन क्षेत्र थप प्रभावित हुनेछ ।

यस्तै इजु टापुहरूमा अधिकतम १४४ देखि २१६ किलोमिटर प्रतिघण्टा हावा चल्ने अनुमान गरिएको छ । तेज हावाका कारण घरहरू भत्किन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

आँधीका कारण समुद्री छालहरूको उचाइ ९ मिटरसम पुग्न सक्छ। आज बिहीबार समुन्द्रमा मौसम निकै खराब रहनेछ । मौसम अधिकारीहरूले उच्च छालहरूको चेतावनी दिंदै धेरै सावधानी अपनाउन सल्लाह दिइरहेका छन् ।

आँधीले १६ अगस्टको मध्यान्हपछि कान्तो कोशिन टोकियो आसपासको क्षेत्रमा असर गर्नेछ भने शिजुओका, यामानासी, साइतामा, कनानागावा, चिबा, टोकियो, आइची लगायत क्षेत्रमा १६ अगस्ट मध्यान्हदेखि १८ अगस्ट मध्यान्हसम्म असर गर्नेछ ।

आँधीले गुन्मा तोजोकी, नागानो, इबारकी, निगाता, यामगाता, फुकुशिमा, मियाजाकी, इवाते लगायतका क्षेत्रमा पनि यस आँधीले असर गर्न सक्ने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.