साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठीन जीत निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि मंगबार बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ । यसअघि श्रीलङ्का नेपालसंग पराजित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्