जन सरोकार
मृत अवस्थामा दुई जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् ।
अछाम, तुर्माखाँद गाउँपालिका-४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बर्दिया, बासगढी नगरपालिका-१ सोते खोलास्थित बबई नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्