प्रबास

टेक्सासमा मुना पाण्डेको हत्या गरेको अभियोगमा बबी सिंह शाह पक्राउ

अमेरिकाको टेक्सास राज्यको ह्युष्टनमा आफ्नै अपार्टमेन्टमा गोली लागी मृत्यु भएकी २१ वर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पाण्डेलाई गोली हानी हत्या गरेको अभियोगमा बबी सिंह शाह नाम गरेका व्यक्ति पक्राउ परेको र उनीबिरुद्ध हत्या अभियोग दर्ता गरिएको ह्युस्टन प्रहरीले जानकारी दिएको छ ।

अमेरिकाबाट प्रकाशन हुने खसोखास अनलाइनका अनुसार शाहलाई बुधबार बेलुका ८ बजे ट्राफिक स्टपमा पक्राउ गरिएको हो । प्रहरीले संदिग्धको बारेमा जानकारी सहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको केही घण्टापछि शाहलाई पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

परिवारमा एकमात्र सन्तान मिनाको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तीन वर्षअघि अमेरिका पुगेकी मुनाको शव भदौ ११ गते मंगलबार उनी बस्ने अपार्टमेन्टमा भेटिएको थियो । मुनाको छातीमा तीन वटा गोली लागेको छ ।

मुना गएको शनिवारदेखि नै सम्पर्कविहीन भएकी थिइन् । अपार्टमेन्टका अधिकारीहरूले खबर गरेपछि पुगेका एम्बुलेन्सका डाक्टरहरूले जाँच गर्दा मुनाको त्यसअघि नै ज्यान गइसकेको पाइएको हो ।

मुनाले नै कोठामा राखेको सर्भिलेन्स क्यामेराको भिडियोमा उनलाई ओछ्यानमै गोली हानेको देखिएको र त्यसैको आधारमा अभियुक्त पक्राउ गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.