राजनीति

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल रुस प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष नेपाल

अध्यक्ष नेपाल सम्मेलनमा सहभागी हुन आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने भनिएको छ । ‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ । उहाँको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

पार्टीको नेता तथा कार्यकर्ता उहाँलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उहाँ स्वदेश फर्किनु भएपछि पार्टीका विभिन्न विभाग, इन्चार्ज सहितका जिम्मेवारी तोकिने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.