राजनीति

धनराजको संलग्नताबारे बुझ्न सूर्य थापाको टोली पुग्यो मितेरी सहकारी

संसदीय छानबिन समितिले नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुन मन्त्री धनराज गुरुङ ललितपुरको मितेरी सहकारीको रकम अपचलनका विषयमा स्थलगत जानकारी लिएको छ

कांग्रेस उपसभापति धनराजकी श्रीमती मञ्जु गुरुङले सहकारीको करिब १५ करोड रकम अपचलन गरेको सम्बन्धमा विहीबार समितिका सभापति सूर्य थापासहितका सदस्यहरूले सो सहकारीको स्थलगत निरीक्षण गरेको हो ।

नेपाल प्रेसको समाचार अनुसार निरीक्षणका क्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको बचत अपचलनको विषयमा समेत सोधपुछ गरेको थियो ।

समितिका सभापति थापाले मितेरीमा समेत गएर अध्यक्ष कुम्भराजसँग सोधपुछ गरिएको बताउँदै डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज आफैंले आएर तिरेको दावी सहकारीका अध्यक्ष गुरूङले गरेको बताउनुभयो ।

एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको र कागजीरूपमा डिभोर्स भएको भनिए पनि वास्तविक नभएको तर्क अध्यक्ष गुरूङले समितिसमक्ष गर्नुभएको समाचाररमा जनाइएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति गुरुङले श्रीमतीसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद भएको भने पनि कतिपय घटनाक्रमले उक्त सम्बन्ध बिच्छेद ‘सहकारी डिभोर्स’ मात्र भएको टिप्पणी गरेका छन् ।

यसअघि समितमै बोलाएर पनि उनको बयान लिइएको थियो । त्यसक्रममा अध्यक्ष गुरुङले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए ।

समितसंग सहकारीका अध्यक्ष गुरुङले एक महिनाजति अघिमात्र धनराजले डिभोर्स भएको भनिएकी श्रीमती ज्योतिको नाममा ऋण समेत तिरेको बताए ।

धनराजले २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.