राजनीति

माओवादीले आजको संसद्‌मा अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको संसद्‌मा अवरोध जारी राख्ने बताएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै माओवादीले संसद्‌मा अवरोध कायम राख्ने बताएको हो ।

माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले आजको छलफलमा सहमति नजुटेको भन्दै संसद्‌मा अवरोध कायमै राख्ने बताउनुभयो । त्यस्तै उहाँले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने बताउनुभयो ।

‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚’ उहाँले भन्नुभयो‚‘ बैठकपछि पार्टीमा पनि छलफल हुन्छ ।’

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो । यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गरेका थिए ।

‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ २६ गतेको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.