जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जना पक्राउ

मोरङमा जुवातास खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका- ४ का पूर्वअध्यक्ष ५९ वर्षीय शिवनारायण माझीसहित नौ जना पक्राउ परेका छन् ।

जुवातास

शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका-१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान-४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।

प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामान सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र जुवा खाल बनाएर खेल्दै आएको पाइएको छ ।

बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
त्यस्तै बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका-२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.