विश्व समाचार

ट्रम्पमाथि दोस्रो पटक हत्याको प्रयास

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि आक्रमण भएको छ । सीएनएनका अनुसार गोलीबारी फ्लोरिडाको पाम बीच काउन्टीमा रहेको ट्रम्पको अन्तर्राष्ट्रिय गल्फ क्लब नजिक भएको हो ।

गुप्तचर सेवाले ट्रम्प सुरक्षित रहेको जानकारी दिएको छ । घटनाको अनुसन्धानको जिम्मा एफबीआईलाई दिइएको छ । एफबीआईले घटनालाई “हत्याको प्रयास” भनेको छ। अधिकारीहरूले भने कि संदिग्धसँग एक ब्यारेल र गोप्रो क्यामेरासहितको एक ४७ जस्तो राइफल थियो।

रिपोर्टका अनुसार ट्रम्प ५ औं होल नजिकै गल्फ खेलिरहेका बेला गली चलेको थियो । एक गोप्य सेवा एजेन्टले एक आक्रमणकारी संदिग्धलाई राइफलको साथ गल्फ कोर्सको बारमा देखेको थियो ।

एक प्रत्यक्षदर्शीले त्यसपछि एक व्यक्तिलाई कालो निसान गाडीमा भागेको देखेको जनाएका छन् । जसलाई पछि सुरक्षा अधिकारीहरुले घेरेर संग्दिग्धलाई पक्राउ गरेको जनाएको छ । गल्फ कोर्सको छेउको झाडीमा हतियार, स्कोप, झोला र गोप्रो क्यामेरा भेटिएको जनाइएको छ ।

यता आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित’ रहेको बताउनुभएको छ । ‘कुनै पनि कुराले मलाई रोक्ने छैन,’ उहाँले लेख्नुभएको छ, ‘म कहिल्यै आत्मसमर्पण गर्दिन!’

यसअघि गत जुलाईमा पेन्सिल्भेनियाको बटलरमा हजारौं समर्थकहरू माझ भाषण गरिरहँदा उहाँको टाउकोभन्दा अलीकति छेउबाट गएको गोलीले उनको कानमा चोट लागेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.