जापान

ग्रीष्मकालीन पानी दुर्घटनामा जापानमा दुई सय ४२ जनाको मृत्यु वा बेपत्ता

जापानमा जुलाई र अगस्टमा पानीसम्बन्धी दुर्घटनामा दुई सय ४२ जनाको मृत्यु वा बेपत्ता भएका छन् । यो लगातार तेस्रो वार्षिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले दुई महिनाको अवधिमा समुन्द्र, खोला र अन्य जलस्रोतमा दुर्घटनाको सङ्ख्या एक वर्षअघिको तुलनामा ३५ ले बढेर चार सय ८८ पुगेको प्रारम्भिक प्रतिवेदनमा जनाएको छ ।

यी परिस्थितिमा छ सय एक जना मानिस संलग्न रहेको र तीमध्ये जुनियर हाई स्कूल वा त्योभन्दा कम उमेरका एक सय पाँच रहेका थिए । मृतक वा बेपत्ता दुई सय ४२ जनाको सङ्ख्यामा एक वर्षअघिको तुलनामा छ सङ्ख्याले बढेको छ ।

एजेन्सीका अनुसार मृत्यु भएका वा बेपत्ता भएकामध्ये एक सय १७ जना समुन्द्रमा, ८८ नदीमा र २० जना जलमार्गमा दुर्घटनामा परेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.