ग्रेटर नेपाल अभियानले भारत त्रस्त, अभियन्ता फणिन्द्रको एक्स एकाउन्ट प्रतिबन्ध
ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपालले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विषयमा सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) मार्फत गर्ने टिप्पणीले भारत सरकार बेचैन भएको छ ।
सुगौली सन्धिबाट गुमेको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्छ भन्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत वकालत गर्दै आउनुभएका नेपालको एकाउन्ट हटाउन भारत सरकारले एक्सलाई पत्राचार गरेको खुलासा भएको छ ।
भारत सरकारले अभियन्ता नेपालले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, २००० को उल्लंघन गरेको भन्दै पत्र लेखेको एक्सले नेपाललाई ईमेलमार्फत् जानकारी दिंदै एक्सले भारत सरकारबाट लिगल डिमान्ड भएको बताएको छ ।
एक्सले लेखेको इमेलमा भारतले नेपालको एक्स एकाउन्टलाई भारतभरि रोकिएको जानकारी दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ ।’
नेपालले आफूविरुद्धको प्रहार देशविरुद्धको प्रहार भएको बताउँदै आफ्नो देशको पक्षमा बोल्दा भारतबिरोधी हुनुपर्ने अवस्था छ । भारतका लागि नेपालको हित चिताउनु नै भारत बिरोधी हुनु हो भन्ने भाष्य स्थापित रहेछ ।
नेपालमाथि भारतबाट हुँदैआएको थिचोमिचोको चर्को बिरोध गर्दै निरन्तर सक्रिय नेपालले आफ्नो एक्स एकाण्ड भारतमा हेर्न नमिल्ने बनाएर भारतले आफ्नो चरित्र देखाएको बताउनुभएको छ ।
उहाँले आफू कहिल्यै पनि भारत भूमि र भारतीय जनताको विपक्षमा नरहेको तर भारतीय शासक प्रशासकहरुको नेपालप्रतिको गति नीतिको मात्र बिरोध गरेको पनि बताउनुभएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष समेत रहनुभएका नेपालले आफ्नो एकाउण्ट भारतमा प्रतिबन्धित हुनु नपर्ने कारण खुलाउँदै एक्सलाई पत्रात्रार गर्ने नेपालजापानलाई बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्