“प्रमाण प्रमाण हैन ‘प्रणाम-प्रणाम’ भनेका रहेछन्” : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मैले सहकारी ठगेको ‘प्रमाण’ छ भनेको कुरा त ‘प्रणाम’ छ है भनेको रहेछ भन्दै व्यंग्य कस्नुभएको छ ।
मंगलबारबाट सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै सभापति लामिछानेले सहकारी प्रकरणमा प्रमाण छ भन्दै कराउनेहरुले प्रणाम छ भनेको जस्तो भयो भन्दै अब उनीहरुले आफूलाई गोर्खा मिडियातिर तान्ने प्रयास हुने पनि बताउनुभयो ।
लामिछानेले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको बताउँदै आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोर्खा मिडियातिर ध्यान केन्द्रित हुने बताउनुभएको हो ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा सहकारीबाट अवैध किसिमले आएको रकम कम्पनीको काममा प्रयोग गर्ने तत्कालीन संचालक र प्रबन्ध निर्देशक जिम्मेवार हुने बताएको थियो ।
सम्बोधनका क्रममा सभापति लामिछानेले देशको पत्रकारिता जोगाउन आग्रह पनि गर्नुभएको । उहाँले भन्नुभयो मलाई नंग्याउने । यो देशको पत्रकारिता जोगाउनुस् ।
रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताउँदै कसैलाई आक्षेप लगाउन नभएको तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने आफूहरूको भन्नु केही नरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो । हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ। रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौं। हामी त फैलँदै छौं ।”
प्रतिक्रिया राख्नुहोस्