राजनीति

बालेनको फोटो भएको टिसर्ट लगाउनेहरु पक्राउ

काठमाडौंको वसन्तपुरमा जारी इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको फोटो छापिएको टिसर्ट लगाएर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई वसन्तपुर दरबार अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले बालेन साहको फोटो भएको टिसर्ट लगाएकाहरूलाई सुरक्षाका लागि प्रहरी वृत्त जनसेवामा लगिएको जानकारी दिनुभयो।

इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुने कार्यक्रम छ। जात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.