कला/मनोरन्जनकलिउड

मन्त्रीसंग दाप्चा जाने सडकका लागि बजेट माग्दै हरिवंश आचार्य पुगे सिंहदरबार

वरिष्ठ कलाकार हरिवंश आचार्य आफ्नो गृह जिल्ला काभ्रेको पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेट माग गर्दै सिंहदरबार पुग्नुभएको छ ।

बुधबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसंग भेट गर्दै कलाकार आचार्यले बजेट मागका साथै सरकारी सेवा प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

मन्त्रालयमा उहाँहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको समाचारमा जनाइएको छ ।

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताउनुभयो । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उहाँको भनाइ थियो ।

सो क्रममा मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.