जन सरोकार

स्रोत नखुलेको १६ लाख रूपैयाँ सहित एक जना पक्राउ

सिराहा, बरियारपट्टी गाउँपालिका-१ गोरगम्मा बोडरबाट स्रोत नखुलेको नगद १६ लाख रूपैयाँ सहित सोही गाउँपालिका-२ खोक्सिटोल बस्ने ४८ वर्षीय ललित दासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ९८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दासलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.