जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बर्दघाटस्थित गुल्मेली तन्दुरी रेष्टुरेण्ड एण्ड लजमा विगत ३ दिनदेखि बस्दै आएका रूपन्देही देवदह घर भएका ४५ वर्षीय सागर घर्ती मगर सोही लजमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर कुमार पोखरेल सोही ठाउँस्थित धान खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गुल्मी, रूरूक्षेत्र गाउँपालिका-१ रातामाटास्थित विद्यापिठ क्याम्पसको कोठामा अर्घाखाँची पाणिनी गाउँपालिका-१ खिदिम बस्ने ५४ वर्षीय मेघराज गौतम बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता दोलखा, बिगु गाउँपालिका-७ नागारा बस्ने ४७ वर्षीया भगेरी थामी सोही ठाउँस्थित लैसिङ कुना भिर तल मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । उता कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१० कुटियाकभरस्थित जोगबुढा नदीको किनारमा सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक सुनार बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.