क्रिकेटखेल

नेपाल ओमानविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै

आईसीसी विश्वकप लिग-२ को दोस्रो चरणको ओमानविरुद्धको दोस्रो खेलमा नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै छ ।

सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरीज खेलेको नेपाल आज ओमानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता ओमान पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

जारी सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएकाले आजको खेलमा जित्नु पर्ने दबाब नेपाली टोलीलाई रहेको छ । ओमान ४ खेलबाट १ जित र २ हार सहित ३ अङ्क बनाएर छैटौं स्थानमा रहँदा ५ खेल खेलेको नेपाल २ अङ्कका साथ तालिकाको सातौं स्थानमा रहेको छ।

विश्वकप लिग- २ मा आज दोस्रो खेल खेल्ने लागेको नेपालले तेस्रो खेल सेप्टेम्बर २२ मा :क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि पुन:ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

विश्वकप लिग- २ मा आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा ओमानसँग, तेस्रो खेलमा सेप्टेम्बर २२ मा पुन:क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.