क्रिकेटखेल

रोहित र गुल्शनको अद्र्धशतक : नेपालले दियो ओमानलाई दुईसय २१ रनको लक्ष्य

क्यानडामा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानलाई २ सय २१ रनको विजयी लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा नेपालले ९ विकेटको क्षतिमा २ सय २० रन बनाएको हो ।

एक समय धर्मराएको नेपालको पारीलाई रोहित र आरिफ शेखले लामो साझेदारी गर्दै जोगाएका थिए । १३.१ ओभरमा ३१ रनमा तीन विकेट गुमाएको अवस्थामा रोहित र आरिफले चौथो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा जारी खेलमा पौडेल ७२ बलमा २ चौका र ४ छक्कासहित ६० रन बनाए । त्यस्तै गुल्शनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५३ रन बनाए । झाले त्यस क्रममा ५ छक्का र ३ चौका प्रहार गरे ।

नेपालका लागि सुरुवाती ब्याटसमान चल्न सकेनन । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामी ८ बलमा २ छक्कासहित २० रनमा रन आउट भए । सन्दीप लामिछाने १५ बलमा ११ रनमा नट आउट रहे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.