क्रिकेटखेल

विश्वकप लिग-२ मा नेपालको लगातार दोस्रो हार, ओमान एक विकेटले विजयी

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो भने ओमानको पहिलो जित ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा नेपालले ९ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।

नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित ६० रन बनाए भने गुल्शनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५३ रन बनाए । झाले त्यस क्रममा ५ छक्का र ३ चौका प्रहार गरे ।

नेपालका लागि सुरुवाती ब्याटसमान चल्न सकेनन । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

त्यस्तै सोमपाल कामी ८ बलमा २ छक्कासहित २० रनमा रन आउट भए । सन्दीप लामिछाने १५ बलमा ११ रनमा नट आउट रहे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए भने सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

नेपालले दिएको दुई सय २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । ओमानको लागि ओपनर कश्यप प्रजापतीले ३६ रन बनाउँदा जतिन्द्र सिंहले ४१ रन बनाए । त्यस्तै कप्तान अकिब इलियसले २९ रन जोड्दा प्रतिक अथभले २६ रन बनाए । यस्तै सकिल अहमेद १७ र कलिमुल्लाह ६ रनमा अविजित रहे ।

नेपालका लागि गुल्सन झाले ५ विकेट लिए भने सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए । अब नेपालले तेस्रो खेल सेप्टेम्बर २२ मा क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि पुन:ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.