जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । धादिङ, सिद्धलेक गाउँपालिका-३ झार्लाङदिटार बस्ने ७८ वर्षीया दुमन्ती मगर आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै काभ्रे, बनेपा नगरपालिका-१४ नासिका स्थान डेरा गरी बस्ने भुम्लु गाउँपालिका-१ घर भएका ३० वर्षीय मनिन्द्र गिरी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-१२ थानिचोकस्थित सडकपेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता झापा, बिर्तामोड नगरपालिका-६ स्थित सडक किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता दोलखा, बिगु गाउँपालिका-८ आहाले बस्ने ७५ वर्षीया सोमिता थामी सोही गाउँपालिका-४ स्थित झोरूङ खोलामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.