क्रिकेटखेलबिशेष

गुल्शनले बनाए तोड्न मुस्किल पर्ने विश्व कीर्तिमान (भिडियो)

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालका युवा अलराउण्डर गुल्शन झाले नयाँ विश्व कीर्तिमान बनाएका छन् । झाले क्यानडामा भएको आईसीसी विश्वकप लिग २ को खेलमा ओमान बिरुद्ध सो कीर्तिमान बनाएका हुन् ।

गुल्शन झा

गुल्सनले ओमानबिरुद्ध पाँच विकेट लिनुकासाथै ब्याटिङमा अद्र्धशतक बनाएर ओडीआईमा सबभन्दा कम उमेरमा यति ठूलो सफलता पाउने पहिलो खेलाडी बने । उनले १८ वर्ष २१४ दिनमा कीर्तिमानी सफलता पाएका हुन् ।

सो खेलमा गुल्शनको विश्व कीर्तिमानी प्रदर्शन रहे पनि नेपाल विजयी हुन भने सकेन । नेपाल पराजित खेलमा गुल्शनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच अवार्ड’ दिइएको थियो ।

सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध कम उमेरमा अर्धशतक बनाएका थिए । पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मै इंग्ल्याण्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए ।

यता, वेष्ट इण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा पाँच विकेट लिँदै ५० भन्दामाथि रन बनाएका थिए ।

गुल्शन विश्वकप लिग २ मा एकै खेलमा पाँच विकेट लिएर ५० भन्दा माथि रन बनाउने कम उमेरका खेलाडी बने । उनी ओडीआई इतिहासमा एकै खेलमा पाँच विकेट लिएर ५० माथि रन बनाउने विश्वकै २४ औँ खेलाडी हुन् ।

ओडीआईमा सबैभन्दा पहिला सन् १९८७ मा वेष्ट इण्डिजका भिभियन रिचर्ड्सले एकै खेलमा पाँच विकेट लिएर ११९ रन बनाएका थिए । उनले न्युजिल्याण्डविरुद्ध यो सफलता पाएका थिए ।

यसअघि नेपालका खेलाडी मेहबुब आलमले एकै खेलमा एक्लैले १० विकेट लिएको कीर्तिमान अहिलेसम्म कसैले तोड्न नसकेका छैनन् भने एसियन गेममा कुशल मल्लले ३४ बलमा शतक प्रहार गरी विश्व कीर्तिमान बनाएका थिए । सोही खेलमा दीपेन्द्र सिंह ऐरीले ९ बलमा अद्र्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाए भने एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका तेस्रो खेलाडी बनेका छन् ।

त्यस्तै एकदिवसीय खेलमा ४२ खेलमा १०० विकेट लिने सन्दीप लामिछाने विश्वकै पहिलो खेलाडी बनेका छन् भने उनैले ५४ टी २० खेलमा १०० विकेट लिएर दोस्रो खेलाडी बन्न पुगेका छन् ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.