अर्थ

सुनको मूल्य आकाशियो, प्रतितोला एक लाख ५७ हजार बढी

नेपाली बजारमा सुनको मूल्य पुनः आकाशिएको छ । केही दिन स्थिर रहेको सुनको मूल्य उकालो चढ्ने क्रममा आज शुक्रबार प्रतितोल एक लाख ५७ हजार रुपैयाँभन्दा बढी भएको छ ।

हिजो बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भए पनि शुक्रबार तोलामा रु एक हजार पाँच सयले वृद्धि हुँदै रु एक लाख ५७ हजार एक सय निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.