जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित नास्ता पसल संचालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका-५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशी समेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.