जन सरोकार

रौतहटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहट, गरूडा नगरपालिका-४ स्थित सडकमा गरूडाबाट शिवनगरतर्फ जाँदै गरेको म.प्र.- ०३-००१ ह ३४१४ नम्बरको इ.रिक्साको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राम साह रौनियारको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड अस्पताल गरूडा हुँदै एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । इ. रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौतहट, कटहरिया नगरपालिका-४ स्थित सडकमा कटहरियाबाट गम्हरियातर्फ जाँदै गरेको म.प्र.-०३-०२८ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ डुमरिया बस्ने २६ वर्षीय रामजनम पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.