राजनीति

सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्ण : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

पर्यटनमन्त्री पाण्डे

शुक्रबार यहाँ आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा उहाँले यसप्रकारका कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायनमान बनाउनुका साथै संस्कृति जगेर्ना गर्ने बताउनुभयो ।

“पर्यटन क्षेत्र चलायमान हुँदा मुलुकको अर्थतन्त्र चलायमान मात्रै नभइ संस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको बताउनुभयो ।

आठौँ संस्करणका लागि दक्षिण एसियाका चार सय होटल र ट्राभल मनोनयनमा परेका थिए । जसमा नेपालले २१ वटा अवार्ड जितेको छ । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य अवार्ड प्राप्त गरेको छ । नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलका तर्फ पनि अवार्ड जितेको छ ।

त्यस अवसरमा ‘साटा फेस अफ साउथ एशियन टुरिजम अवार्ड’ द्वारिका होटेलका स्व अम्बिका श्रेष्ठ र पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरियो ।

यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक वर्ष, अवार्ड समारोह र गाला डिनरमा उद्योगका केही प्रख्यात व्यक्तित्वहरू उपस्थित हुन्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.