क्रिकेटखेल

आईसीसी विश्वकप लिग–२ मा क्यानडाविरुद्ध दोसो खेल खेल्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आइतबार नेपाल र क्यानडा भिड्दै छन् । जारी सिरिजमा नेपालले आज दोस्रो पटक घरेलु टोलीसंग खेल्न लागेको हो ।

विश्वकप लिग-२

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ । सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ ।

जारी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

विश्वकप लिग- २ मा आजतेस्रो खेल खेल्न लागेको नेपालले सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.