खेलविविध

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई

उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो । पुलिस क्लबले पहिलो सेट २५–१६ अङ्कले जितेको थियो । दोस्रो सेट पनि उसले २५–२२ अङ्कले जितेको थियो । तेस्रो सेटमा २५–२३ अङ्कको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।

यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो । यस्तै अन्य खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्बललाई ३–० सेटले नै पराजित गरेको थियो ।

यस्तै पुलिस क्लबले माल्दिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.