क्रिकेटखेल

एनपीएलमा खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) मा अक्सनको लागि खेलाडीले आफ्नो नाम आफूले चाहे अनुसार जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने भएका छन् । खेलाडीले आफ्नो नाम आफूले चाहे अनुसार ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा दर्ता गराउन पाउनेछन् ।

यसअघि नेपाली क्रिकेट संघ (क्यान)ले खेलाडीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गर्दै असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको थियो । जसमा ‘ए’ ग्रेडको खेलाडीको न्यूनतम मूल्य १५ लाख रुपैयाँ, ‘बी’ को ५ लाख र ‘सी’को २ लाख तोकिएको छ ।

यद्यपि ‘सी’ ग्रेडका खेलाडीले उच्चतम ५ लाख र ‘बी’ ग्रेडकाले १० लाख लिन पाउनेछन् । क्यानका प्रवक्ता छुम्बी लामाले खेलाडीले आफ्नो विवेक अनुसार कुनैपनि ग्रेडमा नाम समावेश गर्न सक्ने बताउनुभयो ।

उहाँले सबै खेलाडीको नाम आएपछि अक्सनमा जाने बताउनुभयो । यस अक्सनमा नेपाली खेलाडीहरू टिमहरूद्वारा चयन गरिनेछन् भने विदेशी खेलाडीहरू भने टिमहरूले सिधै अनुबन्धन गर्न पाउनेछन् ।

एनपीएलका लागि घोषणा गरिएका आठ टिमहरूमा काठमाडौँ किङ्स, पोखरा राइडर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, लुम्बिनी लायन्स, जनकपुर ग्लाडिएटर्स, बुटवल ब्लास्टर्स, र वीरगञ्ज पैंथर्स रहेका छन् र क्यानले गत हप्ता नै लक्की ड्र मार्फत मार्की खेलाडी छनोट गरिएको थियो ।

जसमा काठमाडौंको मार्की खेलाडीमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी छनोट भएका थिए ।

आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडी हरेकले २० लाख पारिश्रमिक पाउने छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने क्यानले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.