कला/मनोरन्जन

‘मिसेस नेपाल वल्र्ड-२०२४’ को फाइनलिस्ट घोषणा

‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमकाबीच प्रतियोगी सार्वजनिक गर्दै स्यास समेत बितरण गरेको छ ।

विवाहित महिलाहरु सहभागीता रहेको यो सौन्दर्य प्रतियोगितामा यस बर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् ।

प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य रहेका छन ।

यसै गरी बिनिता ढकाल, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की  छन।

प्रतियोगिताका अन्य सहभागीमा रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपा विश्वकर्मा लगायत छन् । अन्तिम प्रतिस्पर्धी घोषणा समारोहमा स्पर्धामा सामेल महिलाहरुले आफ्नो परिचय दिएका थिए ।

कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ग्राण्ड फिनाले आयोजना हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले  बताए । यो बर्ष विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.