जन सरोकार

दुर्गा प्रसाईका समर्थकले गरे तीनवटा भारतीय ट्रकमा आगजनी

आइतबार साइबर अपराधको अभियोगमा पक्राउ पर्नुभएका व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले सोमबार झापामा चक्काजामको घोषणा गरेका छन् । यसै क्रममा उनीहरुले तीनवटा भारतीय ट्रकमा आगजनी गरेका छन् ।

भरखरै अध्यापन अनुमति पाएको बी एन्ड सी अस्पताल झापाका सञ्चालक प्रसाईं पक्राउको विरोधमा उहाँका समर्थकले झापाका छुट्टाछुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरीले बताएको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आइतबार राति छुट्टाछुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आइतबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको पुलमा यूपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ मा डब्लूबी-७३-ई-३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.