राजनीति

सहकारी पीडित र रविको पक्षमा पोखरामा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशका नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री लामिछाने

लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर षड्यन्त्रपूर्वक पक्राउ गर्न लागिएको भन्दै उनीहरूले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सरकारले सहकारी ठगी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै गोर्खा मिडिया नेटवर्कका संचालकमध्येका एक छविलाल जोशी आइतबार पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

रास्वपा कार्यकर्ताको प्रदर्शन

पक्राउ परेका जोशीलाई आइतबार बेलुकी कास्की पुर्‍याइएको थियो । उहाँलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । उहाँहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।

गोर्खा मिडियाका अध्यक्ष राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । उहाँलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी गरिएको छ । यता सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.