जन सरोकार

इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ ।

इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनुहुन्छ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.