राजनीति

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

छविलाल जोशी

जिल्ला अदालत कास्कीले उहाँलाई ५ दिनको म्याद थप गराएको हो । अदालतले म्याद थपे गरेसंगै जोशीमाथि अनुसन्धान सुरु भएको छ । उहाँमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताउनुभयो ।

त्यसअघि प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेकोमा अदालतले ५ दिनको मात्रै म्याद दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.