त्रिविमा २०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मंगलबार सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो ।
प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र ,ब्यबस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि.स. २०५८ सालदेखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीका लागि एकपटक मौका परिक्षा संचालन गर्ने भएको उल्लेख छ।
त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ ।
बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्