विश्व समाचार

श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपति दिसानायकाद्वारा नयाँ मन्त्रिमण्डल गठन

आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

राष्ट्रपति दिसानायका

पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले सप्ताहन्तमा भएको राष्ट्रपति चुनावमा ठूलो जीत हासिल गरेपछि सोमबार पदभार ग्रहण गर्नुभएको हो ।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उहाँको पार्टीको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले लाखौं साधारण श्रीलङ्कालीलाई प्रभावित पारेको र आइएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उहाँप्रतिको समर्थन बढेको थियो।

उहाँको कार्यालयले मङ्गलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित हुनुभएको अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित हुनुहन्छ ।

उहाँ र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नुहुनेछ र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नुहुनेछ ।

“हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ”, पार्टीका सदस्य नमल करुणारत्नेले मङ्गलबार सञ्चारकर्मीलाई बताउनुभयो, “त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ ।”

श्रीलङ्काको सङ्कट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उहाँ ३८ अन्य उम्मेद्वारलाई हराएर राष्ट्रपति निर्वाचित हुनुभएको हो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ ।

“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.