राजनीति

नेपालको संविधान २०७२- ‘प्रचण्डको संविधान २०७२’ हो

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रबीच भेटघाट भएपछि यसले सामाजिक सञ्जालमा खण्डन र प्रतिक्रिया सुरु भएको छ ।

मंगलबार दुई नेताबीच भएको भेटपछि मिश्रले एक पोस्ट राख्दै प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको दाबी सहित पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा मानेको भन्नुभएको थियो ।

सोही कुरालाई लिएर अध्यक्ष प्रचण्ड सचिवालयले खण्डन गरेको छ । सचिवालयले मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै सार्वजनिक गर्नु राजनीतिक संस्कार नभएको भनेको थियो ।

खण्डनमा भनिएको छ, ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’ ।

सचिवालयले भनेको छ, ‘पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे जनतामा भ्रम नरहेको हुँदाा यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’

सोही खण्डनपछि मिश्रले आफ्नो टिप्पणी लेख्दै प्रचण्ड सचिवालयको खण्डनलाई भद्रतापूर्वक विमति राखेको भन्दै आभार व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ, हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’

“संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ’नेपालको संविधान २०७२’ वास्तवमा ’प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।”

त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।’

मिश्रले मंगलबार नै संविधान कार्यान्वयन विषयक अन्तरक्रियामा पनि नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.