जन सरोकार

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३१ वर्षीय खालिक खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

खालिकले कतार पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.