जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नवलपरासी पश्‍चिम र काभ्रेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बर्दघाट बजारमा लु.२७ प ६००६ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया देवन्सी थारूको बिहीबार दिउँसो मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको चिसापानी अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काभ्रे, पाँचखाल नगरपालिका-५ सईतिस किलो केराघाँरीस्थित सडकमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा.५ ख १२८१ नम्बरको आईचर गाडी अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली मरिण गाउँपालिका-१ बस्ने २८ वर्षीय रमेश ठाडाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.