विश्व समाचार

विश्वका शीर्ष कूटनीतिज्ञले नेतान्याहुलाई ’रोक्न’ असफल भएकोमा ईयुद्वारा खेद प्रकट

युरोपेली सङ्घ(ईयु)का विदेश मामिला प्रमुख जोसेप बोरेलले शुक्रबार संयुक्त राज्य अमेरिकासहित कुनै पनि शक्तिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई “रोक्न“ नसकेकोमा खेद प्रकट गर्नुभएको छ ।

ईयु

साथै इजरायल गाजा र लेबनानमा उग्रवादीहरूलाई दमन गर्न कटिबद्ध रहेको उहाँले बताउनुभयो ।

“हामीले युद्धविरामका लागि सबै कूटनीतिक पहल जारी गर्यौ तर गाजामा वा वेस्ट ब्याङ्कमा कसैले पनि नेतान्याहुलाई रोक्न सक्षम भएको देखिँदैन”, बोरेलले संयुक्त राष्ट्र महासभामा भाग लिने क्रममा सञ्चारकर्मीलाई भन्नुभयो ।

इजरायलले हेजबुल्लाह विरुद्ध आक्रमण बढाउँदै गर्दा सयौंको ज्यान गएको छ र दुई पक्षबीचको बढ्दो द्वन्द्वलाई रोक्न बोरेलले लेबनानमा २१ दिने युद्धविरामका लागि फ्रान्स र संयुक्त राज्य अमेरिकाको पहललाई समर्थन गर्नुभएको छ ।

नेतान्याहुले स्पष्ट रुपमा इजरायलीहरू “हेजबुल्लाह नष्ट नभएसम्म नरोकिने बताउनुभएको छ”, बोरोलले भन्नुभयो । “यदि नष्टको अर्थ युक्रेनको हमाससँगको द्वन्द्वसँग मिल्छ भने हामी लामो युद्धका लागि जाँदैछौँ”, बोरेलले बताउनुभयो ।

ईयुका विदेश मामिला प्रमुखले फेरि संयुक्त राज्य अमेरिकाबाट कूटनीति विविधीकरण गर्न आह्वान गर्नुभयो जसले गाजामा बन्धकहरूको रिहाइ समावेश गर्ने युद्धविराम सम्झौतालाई कार्यान्वयनमा पुर्याउन महिनौंसम्म असफल प्रयास गरेको छ ।

“हामी अमेरिकामा मात्र भर पर्न सक्दैनौँ । अमेरिकाको धेरै पटकको प्रयास असफल भएको छ”, उहाँले भन्नुभयो । नेतान्याहुले शुक्रबार संयुक्त राष्ट्रमा एक अवज्ञापूर्ण भाषणमा हेजबुल्लाह विरुद्धको इजरायलको उद्देश्य पुरा गर्ने प्रतिज्ञा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.