जन सरोकार

कुलेखानीको बाँध खोल्दा फुटबल प्रशिक्षण गरिरहेका छ बालक बाढीमा वेपत्ता

मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ जना बालक कुलेखानीको बाँध खोलिएपछि आएको बाढीमा परी वेपत्ता भएका छन् ।

रारा कप फुटबल प्रतियोगिता

समाचार अनसार जिल्लाको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता भएका हुन् ।

शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएका विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिनुभयो ।

कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका ठकुरीले जानकारी दिए । ३४ जना भने सुरक्षित रहेको जानकारी दिनुयो ।

बेपत्ता विद्यार्थीहरूमा काठमाडौँका रियान्स आचार्य, मकवानपुरका अनुपम घलान, दिवस बानियाँ र सुमन योञ्जन, सर्लाहीका आदित्य वलम्पाकी र निजगढका विकल रेग्मी रहेका छन् ।

उक्त विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो । एकेडेमीमा ४० जना बालक थिए ।

मकवानपुरका एसपी सीताराम रिजालले खेलाडी बेपत्ता भएको खबर आएको तर बाढी पहिरोका कारण प्रहरी घटनास्थलमा पुग्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.