जन सरोकार

मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । चितवन, खैरहनी नगरपालिका-४ सुर्योदय बस्ने ९२ वर्षीया सन्त कुमारी पन्त सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै कास्की, पोखरा महानगरपालिका-२९ मुसेटुडास्थित सेती नदी किनारमा सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने पर्वत मोदी गाउँपालिका-५ बाजुङ घर भएकी ९ वर्षीया डिम्पल पौडेल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै नुवाकोट, लिखु गाउँपालिका-५ शेराको मुहानस्थित लिखु खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । उता कैलाली, मोहन्याल गाउँपालिका-६ चिप्लेस्थित कर्णाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-५ सकरदिनईस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-११ स्थित खयरमारा खोलाको किनारमा हाल नाम, थर,
वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.