राजनीति

सिधाकुरामा सार्वजनिक ‘अडियो’ प्रकरण- पत्रकारद्वयलाई जेल सजाय

केही महिनाअघि भ्रष्टाचारका मुद्दामा मिलोमतो गर्न मिडिया उद्यमीसहित न्यायाधीशको समेत बैठकमा भएको कुराकानी भन्दै सार्वजनिक अडियोका सम्बन्धमा पत्रकारहरुलाई दोषी ठहर गरिएको छ ।

आइतबार सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियो नक्कली रहेको ठहर गर्दै पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई तीन महिना थुनामा पठाउने फैसला गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले पत्रकारद्वय ढुङ्गाना र कँडेललाई अदालतको अवहेलना ठहर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

फैसलामा पत्रकार ढुङ्गाना र कँडेलका हकमा उक्त अडियो आफैँ उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको भन्दै पत्रकारद्वयले क्षमायाचना गरी पुनः नदोहोर्याउने लिखित प्रतिबद्धता गरेमा सात दिन मात्र थुनामा राखी बाँकी कैद निलम्बन गरिदिने फैसलामा उल्लेख छ ।

अदालतले अडियो तयार गर्ने राजकुमार तिमिल्सिनाले झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि दिएको देखिँदा उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार ६ महिना कैद हुने ठहर गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.