जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१७ कालधारा डेरा गरी बस्ने ३० वर्षीय गोबिन्द ओलीको कोठामा उनकै साथी उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित कटेजमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मुगु, खत्याड गाउँपालिका-३ रोल गाउँ बस्ने ६५ वर्षीय गोर्ख रावत सोरू गाउँपालिका-९ खनयाको लेकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सल्यान, शारदा नगरपालिका-६ कौछे बस्ने ३६ वर्षीय राज कुमार विक रा.१ ह ७४११ नम्बरको अटोमा आइतबार मृत अवस्थमा फेला परेका छन् । उता ओखलढुंगा, सिद्धिचरण नगरपालिका-९ र मोलुङ गाउँपालिका-१ को सिमानामा रहेको लिपे खोलामा मोलुङ गाउँपालिका-१ गहते बस्ने ५० वर्षीया दिल कुमारी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.