विश्व समाचार

थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का

थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् ।

स्कुल बस

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताउनुभएको छ ।

“प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना रहेका थिए । हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्”, उहाँले सञ्चारकर्मीलाई बताउनुभयो ।

उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराउनुभयो । कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उहाँले बताउनुभयो ।

“मैले उथाइ थानीबाट विद्यार्थी बोकेको बसमा आगलागी भएको जानकारी प्राप्त गरे, म घाइते र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु”, पेटोङटार्नले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।

आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनुपरेको उद्धारकर्मीले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.