जन सरोकार

मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । कपिलवस्तु, वाणगंगा नगरपालिका-८ बालापुरस्थित वाणगंगा खोलाको किनारामा सोही नगरपालिका-४ दरखास्त बस्ने ४९ वर्षीय एच कुमार नायक क्षेत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१० मधुवनीस्थित खाल्डोमा सोही ठाउँ बस्ने १८ वर्षीय सुरेन्द्र कुर्मी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सर्लाही, बलरा नगरपालिका-३ लक्ष्मीपुरस्थित उखु बारीमा जमेको पानीमा सोही नगरपालिका-१ हथिऔल बस्ने २७ वर्षीय पवन गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुर बस्ने ७४ वर्षीया जगत देवी बस्नेत आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता ललितपुर, माहाकांल गाउँपालिका-२ मानिखेल लछ्छेबास बस्ने सुपारी स्याङ्तानकी छोरी १३ वर्षीया संजिता स्याङतान सोही ठाउँस्थित तिप्ती खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-८ रानीटार बस्ने ७८ वर्षीय बासुदेव केवट आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ लोसडामा सरावल गाउँपालिका-२ बस्ने ५८ वर्षीय रघुबिर यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-७ स्थित कन्काई खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उता चितवन, भरतपुर महानगरपालिका-२६ हिरापुरस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सिराहा, लहान नगरपालिका-१९ स्थित बलान खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी मकवानपुर, बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बाग्मती खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.