साहित्य

‘पौराणिक आदर्श नारीहरू’ पुस्तक लोकार्पण

आख्यानकार शोभाकर बरालले आफ्नो दोश्रो कृतिका रुपमा ‘पौराणिक आदर्श नारीहरू’ पुस्तक सार्वजनिक गर्नुभएको छ । बिहीवार पोखरामा सो पुस्तकको लोकार्पण गरिएको छ ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लिलाधर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो ।

पुस्तक लोकार्पण गर्दै पौडेलले साहित्यले स्थानीय परिवेश र कला संस्कृतिको विकास,प्रचार र सम्बर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पौडेलले साहित्य समाजको ऐना समेत भएको हुँदा सिर्जनशील लेखक साहित्यकारहरू गहिरो अनुसन्धान र विश्लेषण सहित सिर्जनामा केन्द्रीत हुँदा पाठकको इच्छा अनुसारको कृति तयार हुने उल्लेख गर्नुभयो ।

पौराणिक विषयवस्तुमा आधारित पौराणिक आदर्श नारीहरू नामक आख्यान नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण दस्ताबेज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक रामनाथ ओझाले कृति समीक्षा गर्नुभएको थियो भने टंक पौडेलले आख्यानकार शोभाकर बरालको जीवनकालको बारेमा चर्चा गर्नुभएको थियो।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, गीतकार तथा गजलकार दुर्गा शाह बाबा, वरिष्ठ लेखक रविन्द्र माकाजु, प्राध्यापक रामनाथ ओझा, प्राचार्य नरनाथ बराल, पोखरा महानगर वडा नं. २२ का वडाअध्यक्ष हिमलाल बराल सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

स्रष्टा समाज पुम्दीभुम्दिका उपाध्यक्ष एवं संगीतकार नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन ध्रुव बराल र स्वागत लक्ष्मी बरालले गर्नुभएको थियो।

३७ वर्ष अध्यापन पेशामा सम्लग्न भएर अवकाशन जीवन बिताइरहनु भएका बरालको जन्म बि.स २००३ सालमा कास्कीको साबिक पुम्दीभुम्दी गाबिस हालको पोखरा २२ ठुलिबिडिमा भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.