संस्कृति

पशुपतिमा नवरात्री महोत्सव सुरु

वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ बिहीबारदेखि सुरु भएको छ ।

श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।

उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताउनुभयो । उहाँले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्र गरिएको थियो । उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथो भजनकृतन गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.