जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २२ जना पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ कोठरी बस्ने चेतनारायण धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय अनिल नेपाली समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५ सय ८५ रूपैयाँ, २ बुक र कौडा १६ थान सहित पक्राउ गरेको हो । त्यस्तै कैलाली, जानकी गाउँपालिका-२ बढरिया बस्ने धन बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस्तै तनहुँ, म्याग्दे गाउँपालिका-३ पसले घुमाउने चौतारास्थित कृया पुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर दर्लामी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.